समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि सर्वधन राईले उम्मेदवारी फिर्ता गरेका छन्। खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी आज फिर्ता गरेका हुन्।
निर्वाचन आयोगले गत आईतबार दर्ता भएको उम्मेदवारी फिर्ता लिन परेमा आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो।
सोही समय अतर्गत आज राईको उम्मेदवारी उनका प्रतिनिधि राजन सैंजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा पुगेर फिर्ता गरेका हुन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि राईले गत सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सैंजुलाई जिम्मेवारी दिएका। सैंजुलाई जिम्मेवारी दिएपछि उनी सोही दिन काठमाण्डौ फर्केका थिए।
सत्ता गठबन्धन दलले खोटाङ कांग्रेसलाई टिकट बागबण्डामा अन्याय गरेको भन्दै राईले गठबन्धनकै विरुद्धमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ताका दिन पत्रकारसँग कुरा गर्दै आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने राईले बताएका थिए।
गठबन्धनका शीर्ष नेताहरूले हिजो मंगलबार बैठक बसेर बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने चेतावनी दिएपछि पनि राईको उम्मेदवारी फिर्ता भएको हुनसक्ने अनुमान गरिएको छ। उम्मेदवारी फिर्ताका विषयमा राईलाई दुई पटक सम्पर्क गर्दा फोन उठेन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology