समायोजन खबर खोटाङ, खोटाङमा हुने एकल गजल वाचन कार्यक्रमको तयारी सकिएको छ। अचानो नेपालले गर्न लागेको एकल गजल वाचन कार्यक्रमको तयारी सकिएको हो।
अचानो नेपालले सोमबार दिक्तेलमा पत्रकार भेटघाट गर्दै भोली(मंगलबार)दिक्तेलको समिक्षालय हलमा हुने साहित्यिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको छ।
कार्यक्रममा गजलकार सुमन स्मारिकाले करीव दुई दर्जन गजल वाचन गर्ने अचानो नेपालका सचिव केदार अनुरागीले बताए। कार्यक्रममा गजल लेख्दै गरेका र लेखेका सर्जकहरुलाई पनि वाचनका लागि समय दिईने अनुरागीले सुनाए।
नेपालभर साहित्यिक कार्यक्रम गर्ने लक्ष्यका साथमा काठमाण्डौ केन्द्रीय कार्यालय राखेर स्थापना गरिएको अचानो नेपालले यसअघि असार ४ गते काठमाण्डौमै पहिलो साहित्यिक कार्यक्रम गरेको अचानो नेपालका अध्यक्ष बिशाल विहानीले बताए।
साहित्य, संगीत र मोफसलमा रहेका साहित्यकारलाई प्रोत्साहन गर्ने लक्ष्यका साथमा संस्था स्थापना गरिएको विहानीको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology