• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा दुई र प्रदेश सभामा तीन जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

प्रतिनिधिसभामा दुई र प्रदेश सभामा तीन जनाको स्वतन्त्र उम्मेदवारी दर्ता


समायोजन खबर
  • आइतबार, असोज २३ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका जयन्द्रकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका सर्वधन राईको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ।

    यस्तै, प्रदेशसभा ‘क’ मा रावाबेंशी गाउँपालिका–२ खार्पाका सुवासकुमार पोखरेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेल र हलेसी तुवाचुङ नगरपालिका–४ वडहरेका कुमारप्रसाद भट्टराईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

    प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार दर्ता गराएका कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्वराज्यमन्त्री सर्वधन तथा प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवासकुमार र धर्मराजले भने बाम लोकतान्त्रिक गठबन्धनबाट अन्याय भएकाले बागी उम्मेदवारी दिएको बताएको छ।

    सर्वधनले बाम लोकतान्त्रिक गठबन्धन(नेकपा माओवादी केन्द्र)को प्रतिनिधिसभा उम्मेदवार रामकुमार राई पासाङ तथा सुवासकुमार र धर्मराजले बाम लोकतान्त्रिक गठबन्धन(नेकपा एकीकृत समाजवादी पार्टी)को प्रदेश ‘क’ उम्मेदवार बीरबलकाजी राई विरुद्ध वागी उम्मेदवारी दिएका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology