समायोजन खबर खोटाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यमा मात्रै मनोनयन दर्ता गराएको छ।
राप्रपाले मंसिर ४ गते हुने प्रतिनिधि सभाका लागि पार्टीका नेता तथा पूर्व पार्टी अध्यक्ष स्वर्गीय जीवनकुमार श्रेष्ठका छोरा सर्जु श्रेष्ठलाई केन्द्रमा उठाएको छ।
३१ वर्षीय सर्जु र उनका आमा तारा श्रेष्ठ आईतबार मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
छोरालाई उम्मेदवारीका लागि आवश्यक कागजात जुटाउनमा तारालाई भ्याईनभ्याई थियो। छोराको उम्मेदवारी दर्ताका समयमा तारा भावुक मुद्रामा देखिएकी थिईन्।
उम्मेदवारी दर्ता गर्नेमध्येमा सर्जु सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology