• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गठबन्धनको निर्णयले अन्याय भयो : खोटाङ कांग्रेस

गठबन्धनको निर्णयले अन्याय भयो : खोटाङ कांग्रेस


समायोजन खबर
  • शनिबार, असोज २२ २०७९

  • समायोजन खबर खोटाङ, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनले गरेको भागबण्डाले अन्याय भएको खोटाङ कांग्रेसले जनाएको छ।

    जिल्लाको बस्तुगत यथार्थता संगठानिक अवस्थाको गहिरो विश्लेषण नगरी गरिएको निर्णयले खोटाङ कांग्रेसमा गम्भीर आघात पुर्याएको भन्दै खोटाङ कांग्रेसले शनिबार पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धन दलका नेताहरुलाई निर्णय सच्याउन आग्रह गरेको छ।

    एक संघीय क्षेत्र र दुई प्रदेश भएको जिल्लामा, संघमा नेकपा माओबादी र क प्रदेशको उमेदवार गठबन्धन जोगाउने नाममा नेकपा (एस) लाई दिदां न गठबन्धन सुरक्षित हुन्छ न प्रतिगमन रोक्न सकिन्छ। यसकारण स्थानिय निर्वाचनको मतभारलाई हेर्दा सिंङ्गो जिल्लाभरि २१ सय ४४ मत रहेको पार्टी र त्यसको उमेदवारलाई बिजय गराउन नसकिने खोटाङ कांग्रेसले जनाएको छ।

    पार्टी सभापती देउवा र गठबन्धनका नेतृत्वलाई अनिवार्य रुपमा निर्णय सच्याउन आग्रह गर्दछौं। यदी यसो नभएमा यसवाट पुग्ने सम्पूर्ण क्षतिको जिम्मेवार नेतृत्वगण स्वंयम हुनेछ । हामी खोटाङमा मित्रवत स्वतन्त्र प्रतिस्पर्धा गरी कार्यकर्ताको भावनाको कदर र मतको सुरक्षा गर्नेर्छौ । आग्रह पत्रमा भनिएको छ।
    केन्द्रीय नेतृत्वको निर्णयलाई स्वीकार गर्नु कर्तब्य भए पनि अन्यायपूर्ण निर्णयले कांगेसीजनमा निरासा छाएको खोटाङ कांग्रेसले जनाएको छ । गठबन्धनले कांग्रेसलाई प्रदेश ‘ख’ मात्रै दिने निर्णय गरेको छ।
    हेर्नुहोस निर्णय सच्याउन खोटाङ कांग्रेसले पार्टी सभापति र गठबन्धन दलका नेतालाई लेखेको पत्र

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology