समायोजन खबर खोटाङ, सितोरियो करातेका अन्तर्राष्ट्रिय निर्णायक बिचारी तामाङले करातेमा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीलाई विधागत पुरस्कार प्रदान गरेको छ। नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरीय छनोट अन्तर्गत विभिन्न विधामा विजेता भएका खेलाडीहरुलाई शनिबार दिक्तेलको कभर्डहलमा नगद पुरस्कार प्रदान गरेको हो।
प्रदेश स्तरीय छनोटमा विजेता खेलाडीलाई पुरस्कार दिने भनि २१ भदौमा गरिएको घोषणा अनुरुप तामाङ र उनका श्रीमती कमला तामाङले कभर्डहलमा पुगेर प्रति स्वर्ण पाँच हजार, प्रति रजत तीन हजार र प्रति कास्यलाई दुई हजारका दरले विधागत पुरस्कार प्रदान गरेका हुन्।
३० भदौदेखि २ असोजसम्म सुनसरीको धरानमा भएको प्रदेश स्तरीय छनोटमा महिला टिम कातामा रोश्मा राई, विद्याकला राई, समिता राई, महिला कुमितेको ५५ केजी तौलमा विद्याकला राई, महिला कुमितेको ६१ केजी तौलमा कन्चन नेपाली, महिला कुमितेको प्लस ६८ केजी तौलमा मिसडोना राई, महिला टिम कुमितेमा विद्याकला राई, कन्चन नेपाली र संजिता राई तथा पुरुष कुमितेको ७५ केजी तौलमा रुरिहाङ दुमी राईले स्वर्ण जितेका थिए।
यस्तै, पुरुष कुमितेको ५५ केजी तौलमा सुर्यचन्द्र राई, पुरुष कुमितेको ८४ केजी तौलमा ईश्वरधन राई, पुरुष टिम कुमितेमा सुर्यचन्द्र राई, रुरिहाङ दुमी राई, नविन राई, योगदान राई र संयोग भुजेलले रजत पदक जितेका थिए। एकलकाता पुरुषमा मोतिचन्द्र राई र ६८ केजी महिला कुमितेमा युमासाम राईले कास्य पदक जितेकी थिईन्।
जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रशिक्षक समेत रहेका तामाङले खेलाडीलाई प्रोत्साहन स्वरुप विधागत ४३ हजारमा दुई हजार थप गरेर ४५ हजार व्यक्तिगत रुपमै पुरस्कार प्रदान गरेको जनाएको छ।
यसैगरी, २८ असोजदेखि ३ कात्र्तिकसम्म पर्वतको कुश्मामा हुने नवौ राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा स्वर्ण जित्नेलाई २५ हजार ५५५, रजत पदकलाई १५ हजार ५५५ र कास्य पदकलाई ११ हजार १११ रुपैयाँ दिने तामाङले यसअघि नै घोषणा गरिसकेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology