• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निःशुल्क आँखा जाँच शिविर गराउँदै खिजिदेम्वा गाउँपालिका

निःशुल्क आँखा जाँच शिविर गराउँदै खिजिदेम्वा गाउँपालिका


समायोजन खबर
  • बिहिबार, असोज २० २०७९

  • समायोजन खबर खोटाङ, ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकाले निःशुल्क आँखा जाँच शिविर कार्यक्रम गर्ने भएको छ। खिजिदेम्वा गाउँपालिकाको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमाण्डौको सहकार्यमा नौ वडामै आँखा जाँच शिविर गर्ने भएको हो।

    गाउँपालिकाले २२ असोजदेखि ३० असोजसम्म निःशुल्क आँखा जाँच शिविर गर्ने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो। अध्यक्ष शेर्पाका अनुसार असोज २२ गते खिजिदेम्वा गाउँपालिका–९ फाप्रेमा, २३ गते खिजिदेम्वा गाउँपालिका–२ नयाँबस्तीमा, २४ गते खिजिदेम्वा गाउँपालिका–१ गैरागाउँमा र २५ गते खिजिदेम्वा गाउँपालिका–३ चण्डेश्वरीमा आँखा जाँच शिविर हुनेछ।

    यस्तै, २६ गते खिजिदेम्वा गाउँपालिका–५ खिजीफलाटे बजार, २७ गते खिजिदेम्वा गाउँपालिका–७ बुक्तेल, २८ गते खिजिदेम्वा गाउँपालिका–४ काती, २९ गते खिजिदेम्वा गाउँपालिका–६ बन्से र ३० गते खिजिदेम्वा गाउँपालिका–८ भुसिङगामा निःशुल्क आँखा जाँच शिविर हुनेछ।
    शिविरबाट मोतियाविन्दुको पहिचान तथा आँखामा मासु पलाएको पहिचान गरी कात्र्तिक १ र २ गते गाउँपालिकामै निःशुल्क शल्यक्रिया गरिनेछ। सम्पुर्ण वडाबासी बालकदेखि बृद्धसम्मलाई आँखाको जाँच गराई जीवनको अमुल्य धन जोगाउन गाउँपालिका अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ।
    खिजिदेम्वा गाउँपालिकामै प्राइमरी लेभलको आँखा जाँच तथा उपचार
    तिलगंगा आँखा अस्पतालले खिजिदेम्वा गाउँपालिकामा दुईवर्ष निुःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने र वर्षदिन एकजना नेत्र सहायक र उनको सहयोगी कर्मचारीको तलब भत्ता दिने भएपछि गाउँपालिकामै प्राइमरी लेभलको आँखा जाँच तथा उपचार सेवा पाईने भएको हो।

    गाउँपालिका अध्यक्ष शेर्पा र तिलगंगाविच दुईवर्ष निुःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने र वर्षदिन एकजना नेत्र सहायक र उनको सहयोगी कर्मचारीको तलब भत्ता दिने भएपछि गाउँपालिकाले नेत्र सहायक र सहयोगी कर्मचारीको विज्ञापन नै खुलाएको छ।

    वर्षदिन तिलगंगाले नेत्र सहायक र सहयोगी कर्मचारीलाई तलब भत्ता दिन्छ। हामीले तत्काललाई खिजीफलाटेको स्वास्थ्य चौकीमा प्राइमरी लेभलको आँखा जाँच तथा उपचार कक्ष निर्माण गर्नेछौ। गाउँपालिका अध्यक्ष शेर्पाले भन्नुभयो, ‘वर्षदिनपछि गाउँपालिकाले उहाँहरुको तलब भत्ता व्यवस्थापन गर्छ। गाउँपालिकाबासीले निरन्तर प्राइमरी लेभलको आँखा जाँच तथा उपचार सेवा पाईरहनु हुनेछ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology