• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नुनथला गैरीमा श्रमदानमाफर्त सडक मर्मत [फोटोफिचर]

नुनथला गैरीमा श्रमदानमाफर्त सडक मर्मत [फोटोफिचर]


समायोजन खबर
  • सोमबार, असोज १७ २०७९

  • सडक मर्मत गरिदै।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित साविक वडा नं. ८ का जनसमुदायले श्रमदानमार्फत ग्रामिण सडक मर्मत गरेका छन्।
    मध्यपहाडी लोकमार्गबाट साविक वडा नं. ८ गैरी मुलडाँडा ल्याईएको ग्रामिण सडकमा आवश्यकता अनुसार सोलिङ गर्ने, खाल्डाखुल्डी भर्ने, सडक दायाँबायाँका रुख विरुवा छाँटकाट गर्ने, नाली सफा गर्ने लगायतका काम गर्दै जनसमुदायले सडक मर्मत गरेका हुन्।

    दशैको अवसरमा गाउँघरमा सबै किसिमका मानिसहरु भेला भएको मौका छोपेर सडक मर्मत गरिएको स्थानीय तथा वडा सदस्य रिमालकुमार शेर्पाले बताए।
    यतिका काम गर्न लाखौ बजेट चाहिन्थ्यो, बजेट पनि छैन । तर, हामी गाउँलेहरु मिलेर सडक मर्मत गरेका हौ। शेर्पाले भने, ‘अब कतै यस्तो काम देखेर नेताहरुको आँखा पुग्छ की ? नगरपालिका लगायत अन्य निकायको आँखा पुग्छ की ?’
    साविक वडा नं. ८ भित्र भएको ग्रामिण सडक सबै मर्मत गर्ने लक्ष्य रहेको उनको भनाई छ। सडक मर्मतका लागि एकै घरबाट एकभन्दा बढीको उपस्थिति थियो।साविकको वडा मध्येमा यस वडामा सामुहिक काम र सहकार्यका लागि सबैभन्दा बढी जनसमुदाय एकजुट हुने गर्छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology