• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आगलागी हुंदा दुई घरसहित चौपायाँ जलेर नष्ट

खोटाङमा आगलागी हुंदा दुई घरसहित चौपायाँ जलेर नष्ट


समायोजन खबर
  • सोमबार, असोज १७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमुना भञ्ज्याङमा आगलागी हुंदा दुई घर र एक गोठसहित दुईवटा चौपायाँ पूर्णरुपमा जलेर नष्ट भएको छ।

    सोमबार दिउँसो साढे दुई बजे आसपास भएको आगलागीबाट स्थानीय राजन सार्की र उनको छोरा सन्तोषको घर पूर्णरुपमा जलेर नष्ट भएको हो। बुबाछोराको एकै ठाउँमा भएको घरसँगै रहेको गोठबाट सुरु भएको आगोले दुबै घर पूर्णरुपमा जलेको वडाध्यक्ष टेकराज राईले जानकारी दिए।
    गोठबाट पनि आगलागी कसरी भयो भन्ने यक्किन कारण पत्ता लाग्न सकेको छैन। घरधनी राजन कान्छी छोरीसँग घरमा बसिरहेको बेला आगलागी भएको हो। सन्तोष भने ससुराली गएका थिए।

    आगलागीबाट घर र गोठसहित एक तोला सुन, ६० केजी चामल, ७५ हजार वरावरको भाडावर्तन, ५० हजार बराबरको लत्ताकपडा, एक मुरी मकै, तीन मुरी कोदो, दश हजार बराबरको एक थान सोलार प्यानल, एक वटा गाई र एक वटा सुंगुर पूर्णरुपमा जल्दा नौ लाख बराबरको क्षति भएको वडाध्यक्ष राईले बताए।
    अग्नी पीडितहरुलाई आफन्तकोमा राख्ने तयारी भईरहेको छ । आगोलाई स्थानीयले पूर्णरुपमा नियन्त्रणमा लिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology