• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहमतीपछि वुवालुङको सेवा सुचारु

सहमतीपछि वुवालुङको सेवा सुचारु


समायोजन खबर
  • मंगलबार, असोज ४ २०७९

  • प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलबाट चाबी बुझ्दै वडाध्यक्ष लिलाकुमार चौहान

    समायोजन खबर खोटाङ, सहमतीपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा सुचारु भएको छ। नगरपालिकाले हस्तक्षेप गरेको भन्दै दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहान, वडा सदस्य पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले भदौ २५ गतेदेखि वडा कार्यालयको सेवा बन्द गरेका थिए।

    मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडाध्यक्ष चौहानबीच भएको छलफलमा सहमति जुटेपछि ११ दिनपछि वडा कार्यालयको नियमित सेवा सुचारु भएको हो।

    वडा कार्यालयमा कार्यरत पुरानै कार्यालय सहयोगीलाई निरन्तरता दिने, वडा सचिव मिनप्रसाद आचार्यलाई वडामा खटाइएको बारेमा लिखित जानकारी उपलव्ध गराउने, अख्तियारमा उजुरी परेको अवस्थामा मध्यपहाडी लोकमार्ग–वडा कार्यालय दोर्पाचिउरीडाँडा सडक ढलानको भुक्तानी दिन नमिल्ने व्यहोराको पत्र उपभोक्ता समितिलाई पठाउने, वडाको हक अधिकारमा हस्तक्षेप नगर्ने सहमती भएपछि वडाको सेवा सुचारु भएको हो।

    मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको भुक्तानीको सन्दर्भमा अख्तियारको निर्णयको आधारमा काम अघि बढाउने सहमती भएको मेयर भट्टराईले बताए।
    वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप गरेको भन्दै वडाको कामकाज बन्द गरेका वडाका जनप्रतिनिधिले भदौ ३१ गते नगरपालिकालाई वडा कार्यालयको चाबी बुझाएका थिए। सहमतीपति वडा कार्यालयको चाबी प्रमुख प्रशासकीय अधिकृत पौडेलले वडाध्यक्ष चौहानलाई फिर्ता दिएका छन्।

    गत ३० बैसाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका वावजुद दोर्पाचिउरीडाँडामा चौहान सहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन्। मेयर भट्टराई गठबन्धन अन्तरगत कांग्रेसबाट र उपमेयर राई माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। यही राजनीतिक कारण पनि वडा र नगरबीचमा द्धन्द्ध सिर्जना हुन पुगेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology