• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नवौं राष्ट्रिय खेलकुद : प्रदेशमा खोटाङ करातेलाई चार स्वर्ण र एक कास्य

नवौं राष्ट्रिय खेलकुद : प्रदेशमा खोटाङ करातेलाई चार स्वर्ण र एक कास्य


समायोजन खबर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • समायोजन खबर खोटाङ, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश स्तरीय छनोटमा सितोरियो करोत संघ खोटाङले
    चार स्वर्ण र एक कास्य जितेको छ।

    सुनसरीको धरानमा भईरहेको प्रदेश स्तरीय छनोटमा महिला कुमितेमा ५५ केजी तौलमा विद्याकला राई, ६१ केजी तौलमा कन्चन नेपाली, ६८ प्लस केजीमा मिसडोना राईले स्वर्ण पदक जितेकी हुन्।

    ६८ माइनस केजीमा युमासाम राईले कास्य पदक जितेकी छन्। महिला समुह कातातर्फ समिता राई, विद्याकला राई र रोश्मा राईको समुहले स्वर्ण पदक हात परेका छन्। थप प्रतियोगिताहरु शनिबार बिहान ७ बजेदेखी संचालन हुने सितोरियो करोत संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले जानकारी दिए।

    यस्तै, प्रदेश स्तरीय छनोटको पौडीमा क्रिस राईले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण गरी दुई स्वर्ण जितेका छन्। भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण, १५०० मिटर दौडमा दिर्पा बस्नेतले एक रजत, ४०० मिटर दौडमा इन्दिरा श्रेष्ठले एक रजत र सटफुटमा गणेश बस्नेतले एक रजत जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिए।

    प्रदेश स्तरिय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट भएका थिए।

    प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउने छन्। प्रदेशबाट छनोट भएका खेलाडीहरुले २८ असोजदेखि ३ कात्र्तिकसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन्।
    यो पनि,प्रमुख प्रशिक्षक तामाङले गरे प्रदेश र राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार घोषणा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology