• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडाध्यक्ष चौहानले वडाको तालाचाबी नगरलाई बुझाए

वडाध्यक्ष चौहानले वडाको तालाचाबी नगरलाई बुझाए


समायोजन खबर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई चाबी बुझाउँदै वडाध्यक्ष लिला चौहान।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ वुवालुङका वडाध्यक्ष लिला चौहानले वडाको तालाचाबी नगरपालिकालाई बुझाएको छ। वडाको काममा नगरपालिकाले व्यापक हस्तक्षेप गरेको भन्दै शुक्रबार नगरपालिका पुगेर वडा कार्यालयको चाबी बुझाएका हुन्।

    संविधानले वडालाई दिएको २२ वटा अधिकारमाथि नगरपालिकाले पूर्णरुपमा हस्तक्षेपकारी भूमिका खेलेको र यस्तो नगर्नुस भनेर आन्दोलनको रुपमा हप्तादिन वडाको सेवा प्रवाह बन्द गर्दा पनि बेवास्ता गरेपछि दोश्रो चरणको आन्दोलन स्वरुप वडाको तालाचाबी नगरलाई बुझाईएको वडाध्यक्ष चौहानले बताए।

    वडाध्यक्ष चौहान, वडा सदस्य पदम कुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरी कुमार खत्री शुक्रबार नगरपालिका पुगेर प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई चाबी बुझाएका हुन्। ताला बुझेपछि आफूले सकेको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन्।

    फरक दलले जितेकै कारण योजना नदिने, कार्य सम्पन्न भएको योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले सम्पूर्ण कार्यहरुमा अवरोध र दुःख दिने, कर्मचारी हेरफेर गर्ने र उक्त विषयमा संवैधानिक निकायबाट लेखिएका सम्बन्धित पत्रहरुको जवाफ नदिई गैर जिम्मेवार रुपमा कुण्ठित गर्ने जस्तो अस्वहनीय गैर कानुनी कार्य र हस्तक्षेप मेयर, उपमेयरले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गरेको भन्दै चौहानले २४ भदौमा वडाको सेवा बन्द गराएका थिए।

    हप्तादिन पुग्दा पनि नगरपालिकाले बेवास्ता गरेका कारण वडाको विभिन्न दस्ताबेज राखिएका ठाउँका र वडाको चाबी नगरपालिकालाई बुझाउन बाध्य भएको वडाध्यक्ष चौहानले बताए। कार्यालय खुला भए पनि कर्मचारी नदिने, भएका पनि हटाउने जस्ता कार्यले स्वतः कार्यालय बन्द जस्तो भएको अबका दिनमा वडाको सबै जिम्मा नगरपालिकाले लियोस भनेर चाबी बुझाउनु परेको चौहानको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology