• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दश जनामा डेंगु, दुई जनामा स्क्रब टाइफस

खोटाङमा दश जनामा डेंगु, दुई जनामा स्क्रब टाइफस


समायोजन खबर
  • बुधबार, भाद्र २९ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङमा डेंगु र स्क्रब टाइफसका बिरामी देखा पर्न थालेको छ। दश जना डेंगुका र दुई जना स्क्रब टाइफसका बिरामी देखिएको छ।

    जिल्ला अस्पतालका अनुसार मंगलबारसम्म नौ जना पुरुष र एक जना महिलामा डेंगु तथा दुई जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको हो। दैनिक प्रायः डेंगुका बिरामी अस्पताल आउने गरेको चिकित्सकहरु बताउँछन्।

    डेंगु एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक सरुवा रोग हो। एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, वाकवाकी लाग्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांशपेशीहरु दुख्नु, शरीरमा विमिरा आउनु, रक्तश्राव हुनु डेंगुका मुख्य लक्षणहरु हुन्।

    शरीरका छालाहरुमा रगत जमेका जस्ता दागहरु देखा पर्नु, नाक तथा गिजाबाट रगत बग्नु, पेट दुख्नु तथा कालो दिशा आउनु, खाना तथा पिउन गाह्रो हुनु, फरक किसिमको व्यवहार तथा बेहोस हुनु, शास फेर्न गाह्रो हुनु तथा हातखुट्टा चिसो हुनु, पिशाव कम मात्रामा आउनु डेंगुका जटिल लक्षण भएको चिकित्सकहरु बताउँछन्।

    डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ, थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कक्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायरहरुमा पानी जम्न नदिने, पानीका ट्याँक्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राख्ने, कुलर, एसी र फ्रिजको वास्ट बक्समा रहेको पानीमा प्रत्येक हप्ता एक वा दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्ने गर्नुपर्दछ।

    यस्तै, यस लामखुट्टेले दिउँसो टोक्ने हुंदा दिउँसो बस्दा पनि प्रायः पुरा बहुला वा शरीर पुरै ढाक्ने लुगा लगाउनुपर्दछ, संम्भव भएसम्म दिउँसो सुत्दा झुलको प्रयोग गर्ने साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ, लामखुट्टे भगाउने मलहम दल्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरीपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र डेंगु रोगको लक्षण चिन्ह देखिने वित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका फोकल पर्सन एवंम् कार्यक्रम अधिकृत जीवन चौलागाईले बताए।
    के हो स्क्रब टाइफस
    स्क्रब टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा(माइट)को टोकाइबाट मानिसमा सर्दछ । माइट प्रायजसो झाडी, खेतवारी, वनजंगल, घर वरीपरीको झाडी, घुरान हुने ठाउँमा देखिने गर्दछ।
    १०४ डीग्री फरेनहाइट भन्दा बढी ज्वरो र कामज्वरो समेत आउन सक्छ, धेरै टाउको दुख्ने, किरा(माइट)ले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिन सक्छ, टोकेको ठाउँमा पछि गएर कालो दाग वस्न सक्छ, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छाड्नु स्क्रब टाइफसका लक्षणहरु हुन्।

    यसबाट बच्नका लागि खेतवारीमा काम गर्दा, वनजंगल, झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै संम्भव भए बुट लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री ओछ्याएर बस्ने, संम्भव भए भुइमा नभइ खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने, किरा(माइट)को बृद्धि रोक्नका लागि किटनाशक विषादीहरु छर्कने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, घर वरीपरी झाडी हुन नदिने तथा मुसाको बृद्धि विकास नहुने वातावरण सृजना जस्ता काम गर्नुपर्ने स्वास्थ्य कार्यालयका फोकल पर्सन एवंम् कार्यक्रम अधिकृत चौलागाईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology