समायोजन खबर, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २३० जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५६जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ३८० जना होम आइसोलेसनमा रहेका छन् भने १२५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन्।
यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ५२६ पुगेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology