• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

साकेला गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास


समायोजन खबर
  • मंगलबार, भाद्र २१ २०७९

  • भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष रविप्रकाश राई,उपाध्यक्ष विर्सिका राई।

    समायोजन खबर खोटाङ,खोटाङको साकेला गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ। गाउँपालिकाको वडा नम्बर ४ मात्तिम मानेभन्ज्याङ्गस्थित आफ्नै स्वामित्वको जग्गामा भवनको शिलान्यास गरिएको हो।

    संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण हुने भवनको सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले उद्घाटन गरेका छन् । भवन निर्माणको काम मल्ल रानी–सजिब जेभीले गर्नेछ।
    भ्याट सहित ७ करोड ६२ लाख ३५ हजर १५२ रुपैयाँ ७६ पैसामा १८ महिनामा निर्माण कम्पनीले भवन निर्माणको काम सक्नुपर्ने गाउँपालिकाका इन्जिनियर आशिष राईले जानकारी दिए। १८ महिनामा सक्नेगरी जेभीले २० असारमा गाउँपालिकासँग सम्झौता गरेको थियो।

    सुबिधा सम्पन्न तीन तले भवन बालमैत्री, लैङ्गिक तथा अपांगमैत्री हुनेछ। शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, पाँचै वडाका वडाध्यक्ष, गाउँपालिका सदस्य, विभिन्न राजनितीक दलका प्रतिनिधि तथा निर्माण कम्पनीका प्रतिनिधि भिसन राई र प्रकाश थापाको उपस्थिति थियो।

    निर्माण हुने सुबिधा सम्पन्न भवनको गाउँपालिकाले नजिकबाट अनुगमन गर्ने र भवन निर्माण कार्यले गाउँपालिकाको सेवा सुबिधा प्रवाहमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। भवन युगान्तकारी प्रशासकीय भवनको रुपमा निर्माण हुने र यहीबाट गाउँपालिकाको प्रशासकीय खाका कोरि संमृद्धि भित्र्याउनेघरको रुपमा स्थापित हुने उनको भनाई छ।
    यसैविच, भवन शिलान्यासको अवसरमा मात्तिम मानेभञ्ज्याङमा नबनिर्मित हाटबजारको गाउँपालिका अध्यक्ष राईले रिबन काटेर उद्घाटन गर्नुभएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology