समायोजन खबर, प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो।
ताप्लेजुङ फुङ्लिन नगरपालिका – २ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए।
वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए। यस्तै बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययारत ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
११ हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सरकारबाट प्राप्त भएको शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए। ताप्लेजुङका अन्य विद्यालयमा भोली शैक्षिक सामग्री वितरण गरिने उनले जानकारी दिए।
वितरण गरिएका सामग्रीमा प्रतिविद्यार्थी ब्याग, पाँच वटा कापी, रेपिडेक्स पुस्तक, ज्यामिति बक्स, नेपाली बृहत शब्दकोश, टोपीलगायत छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology