समायोजन खबर खोटाङ, खोटाङमा माध्यमिक परीक्षा एसईईमा दुई जना विधार्थी जिल्ला प्रथम भएको छ। २०७८ सालमा भएको एसईईमा सरस्वती नमुना मावि दिक्तेलमा अध्ययनरत छात्रछात्रा उत्कृष्ट अंक ल्याउँदै जिल्ला प्रथम भएका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका प्रदीप आचार्य र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रनिसा गुरुगाई जिल्ला प्रथम भएका हुन्।
प्रदीपले ३.९ जिपिए र प्रनिसाले ३.८५ जिपिए ल्याएका थिए। जिल्ला प्रथम दुई जनालाई दशै तिहारको विचमा कार्यक्रम गरी सम्मान गर्ने योजना रहेको समाविका प्रधानाध्यापक केशरकुमार राईले बताए।
खोटाङबाट ३ हजार ८०९ जना विधार्थी एसईईमा सहभागी भएका थिए। जसमा नियमिततर्फ ३ हजार ६९२ जना र ग्रेड वृद्धितर्फ ८२ जना विधार्थीले एसईई परीक्षा दिएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology