समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुङगो लगाएको छ। पुष्पलाल स्मृति भवन दिक्तेलबजारमा बसेको जिल्ला कमिटीको पाँचौ पूर्ण बैठकले उम्मेदवार टुङगो लगाएको हो।
बैठकले प्रतिनिधिसभाको प्रत्यक्षमा उषाकला राई, खगेन्द्र राई, देवन राई, पाँचकर्ण राई(पिके) विशाल भट्टराई, रमेश पौडेल र राजन प्रसाद ढकाल तथा समानुपातिकतर्फ कर्णबहादुर घले, रमेश परियार र राजकुमार राईलाई सिफारिस गरेको छ।
प्रदेशसभा निर्वाचन क्षेत्र (क) को प्रत्यक्षतर्फ अनिषा खनाल, देवविक्रम राई, लिलानाथ निरौला, सर्वधन राई तथा समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिंह बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई(माया), श्यामकुमार पोखरेल, सुवास राई र हिराकुमारी वन गिरी छन्।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्तर्गत प्रत्यक्ष उम्मेदवारमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद दंगालको एकल सिफारिस भएको छ। समानुपातिकमा चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, दुधराज राई, पुर्णमाया तामाङ र भगवती प्रधानलाई सिफारिस गरिएको एमालेले जनाएको छ। उम्मेदवारहरुको नाम नेपाली वर्णानुक्रम अनुसार माथिल्लो पार्टी पंक्तिमा सिफारिस गरिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology