समायोजन खबर खोटाङ, नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रिय कार्य समितिले प्रदेससभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारीस गरेको छ।
विपि स्मृति भवन दिक्तेलमा विहिबार बसेको बैठकले आसन्न प्रदेससभा निर्वाचनको प्रत्यक्षतर्फ आठ जना र समानुपातिकतर्फ सात जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो।
बैठकले प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारमा नरेशकुमार श्रेष्ठ, जितेन्द्र सिं ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैजुलाई सिफारिस गरेको छ।
यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन राई, पेशलकुमार राई, राजनशेर राई हिरा निरौला तथा महिलातर्फ डिल्लीकुमारी आचार्य र देबी राईलाई सिफारिस गरेको प्रदेश ‘क’ क्षेत्रिय कार्य समिति सभापति राजेन्द्र राईले बताए। राईका अनुसार प्रत्यक्षतर्फ तीन सिटका लागि आठ जना तथा समानुपातिकतर्फ पुरुष एक सिटका लागि पाँच जना र महिला एक सिटका लागि दुई जनाको नाम सिफारिस गरिएको हो।
क्षेत्रिय कार्य समितिले सिफारिस गरेको नाम जिल्ला कार्य समितिमा जानेछ । र, जिल्ला कार्य समितिले आफ्नो राय लेखेर प्रदेश कार्य समितिलाई उक्त नाम पठाउने प्रावधान छ।
यस्तै, प्रदेश ‘ख’ क्षेत्रिय कार्य समितिले पनि उम्मेदवार सिफारिसका लागि आजै साकेला गाउँपालिका मात्तिम मानेभन्ज्याङमा बैठक डाकेको छ। यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको छैन।
प्रतिकुल मौसमका कारण अहिलेसम्म बैठक सुरु हुन नसकेको प्रदेश ‘ख’ क्षेत्रिय कार्य समिति सभापति दिनेशकुमार घिमिरेले बताए। प्रतिनिधिसभा उम्मेदवारको भोली टुङगो लाग्ने कांग्रेसका एक नेताले जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology