चित्र कुमार सुबेदी,
मुल बाटोमा देउराली
म त्यही वाटो नाप्छु हरेक हप्ता
मैले त्यो वाटो नापिन भने
मेरो परिवारको सास फेरिदैन ।
मुल वाटामा देउराली
विहानै ,
ढुङ्गोलाई म देउरालीमा अड्यााउछु ।
हरेक वाटो नपाइमा
एकदिन,
देउराली नेर म चिप्लिन्छु ।
उठ्न खोज्छु
टाउकाको रगत हातले छाम्दै
देउराली तिरै हेर्छु
त्यही ढुङ्गो जसलाई मैले
बडो जतनले
देउरालीको टुप्पोमा अड्याएको थिए ।
उसैले ठोके छ । मेरो टाउको
सम्झे ढुङ्गो लाई त गुन लाग्दैन भने
के गुन लाग्थो निर्दयी मान्छेहरु लाई ।
कवि सुबेदी,प्रगतिशिल लेखक संघ नेपाल खोटाङका अध्यक्ष हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology