• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राई सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राई सिफारिस


समायोजन खबर
  • आइतबार, भाद्र १२ २०७९

  • राजन राई

    समायोजन खबर खोटाङ, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राजन राईलाई अघि सार्ने निर्णय गरेको छ।

    जिल्ला कमिटिको बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचन का लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एबं पोलिटव्यूरो सदस्य राईको मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो।

    प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए।

    यस्तै, प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ।

    प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology