• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विद्यालयको भित्तामा रंगीबिरंगी चित्र लेखन

विद्यालयको भित्तामा रंगीबिरंगी चित्र लेखन


समायोजन खबर
  • शुक्रबार, भाद्र १० २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीटोलमा रहेको सरस्वती आधारभूत विद्यालयलाई भित्ते चित्र लेखन तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।
    विद्यालयका पूर्व विद्यार्थी हरि राईको संयोजनमा क्लव हाउसको द स्पिकर क्लव अन्तरगत न्यूजगफको तर्फबाट विद्यालयमा चित्र लेखन तथा शैक्षिक सामग्री बिहीबार एक कार्यक्रमकाबीच बिहीबार प्रदान गरिएको हो।

    विद्यालयका बालबालिकाको बौद्धिक विकासको निम्ति बालकक्षा रहेको कक्षाकोठाको भित्तामा विभिन्न चित्र तयार गरिएको छ । सरस्वतीकोे चित्र, कृष्ण भगवान, नेपालको राष्ट्रिय झण्डा, सगरमाथा, रुख, सर्प, पुतली लगायतका चित्र पेन्टिङ गरि बनाइएको छ।
    बालबालिकाका लागि कख र एबिसिडि छिटो जान्ने वातावरण सृजना गर्ने उद्धश्यले विभिन्न रङ्गमा चित्रहरु भित्तामा लेखिएका छन्। बालबालिकालाई बस्न सहज बनाउन कक्षाकोठाको भुँइमा कार्पेटट तथा न्यानो फम पनि ओछ्याईएको छ।

    यस्तै, द स्पिकर क्लव अन्तरगत न्यूजगफले विद्यार्थीहरुका लागि विभिन्न धार्मिक ग्रन्थका पुस्तकहरु, उपन्यास, कथा, कविता, जीवन र दर्शनका सिकाउने पाठ्यपुस्तक तथा बालबालिकाका लागि विभिन्न खेलौना पनि प्रदान गरेको छ। शैक्षिक सामग्री न्यूजगफका तर्फबाट केशव प्रसाद बोहोराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र कुमार बजियम र प्रधानाध्यापक मीन बहादुर खत्रीलाई प्रदान गरेका हुन्।

    विद्यालयका पूर्व विद्यार्थी राईको संयोजन तथा आर्थिक सहयोगमा विद्यालयमा भित्ते लेखन तथा शैक्षिक सामग्री लिएर आएका बोहोरासहित लक्ष्मी आचार्य, कमला पटेललगायतको टोलीलाई विद्यालयको तर्फबाट सम्मान गरिएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ घर भएका समाजसेवी कर्ण बहादुर राईको छोरा हरि राई हाल वेलायतमा छन् । उनले आफू अध्ययन गरेको विद्यालयको स्तरोन्नती र विद्यार्थीको भविष्य विकासका निम्ति आफूले सहयोग गरेको बताएका छन्। हरि दिक्तेलका वडाध्यक्ष नवराज राईका भाई हुन्।

    कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, वडाध्यक्ष नवराज राईलगायतको उपस्थिति थियो। २०३३ सालमा स्थापना भएको यो विद्यालय जिल्लाकै पूरानो विद्यालय हो। पछिल्लो समय नीजि विद्यालयहरुको स्थापनासँगै यस विद्यालयमा विद्यार्थीको संख्या घटेको छ। व्यवस्थापकीय पाटोमा पनि ध्यान नदिँदा विद्यालयमा विद्यार्थीको संख्या घटेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology