• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नवौँ राष्ट्रिय खेलकुदः खोटाङबाट १५८ खेलाडी छनोट हुंदै

नवौँ राष्ट्रिय खेलकुदः खोटाङबाट १५८ खेलाडी छनोट हुंदै


समायोजन खबर
  • बिहिबार, भाद्र ९ २०७९

  • समायोजन खबर खोटाङ, आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १५८ जना खेलाडी छनोट हुने भएको छ। खेलाडी छनोट ५ भदौदेखि जिल्लाको विभिन्न स्थानमा भईरहेको छ । १० भदौसम्म छनोट सक्नुपर्नेछ।

    १४ विधामा १५८ जना खेलाडी छनोटको काम यतिबेला धमाधम भईरहेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए। केसीका अनुसार भलिवल, बुद्धिचाल र एथलेटिक्सका खेलाडी छनोट सकिएको छ।

    जिल्ला खेलकुद विकास समितिको कर्वडहलमा हिजोबाट करातेको छनोट प्रतियोगिता भईरहेको छ। फुटबल, ब्याडमिन्टन, टेवलटेनिस, तेक्वान्दो, सफ्ट टेनिस छनोट बिहीवार र शनिबार हुनेछ। भारत्तोलन, उसु, बक्सिङ, पौडी र शाररिक सुगठनको छनोट भने सिधै प्रदेशमा छनोट हुनेछ।

    जिल्लाबाट करातेमा २९, फुटबलमा ३२, भलिवलमा १८, तेक्वान्दोमा २२, उसुमा १०, एथलेटिक्समा २२, ब्याडमिन्टनमा ७, टेबलटेनिस ४, बक्सिङमा ३, भारत्तोलनमा २, बुद्धिचालमा ४, पौडीमा २, शाररिक सुगठनमा १ र सफ्ट टेनिसमा २ जना खेलाडी छनोट हुनेछ।

    छनोट भएका खेलाडीले १६ भदौदेखि ३० भदौसम्म प्रदेश स्तरीय प्रतियोगितामा खेल्नुपर्नेछ। प्रदेशबाट छनोट भएकाले २८ असोजदेखि ३ कार्तिकसम्म पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology