समायोजन खबर खोटाङ, निरन्तर ३९ वर्ष शिक्षण पेशा गरिसकेका शिक्षिका शारदादेबी गेलालले दीर्घ शिक्षक सेवा सम्मान पाउनुभएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गेलालले उक्त सम्मान पाउनुभएको हो।
बुईपा छिप्ती बेशीटोलका स्वर्गीय शुभशेर राईको सम्झनामा स्थापना गरिएको शुभशेर राई स्मृति प्रतिष्ठानले आईतबार जिल्ला समन्वय समितिको पूरानो हलमा ‘शुभशेर राई खोटाङ जिल्ला दीर्घ शिक्षक सेवा सम्मान’ गेलाललाई दिईएको प्रतिष्ठानले जनाएको छ।
२०३९ साल चैत १ गतेदेखि भगवती माध्यमिक विद्धालय खोटाङबजारमा प्राथमिक शिक्षक पदमा स्थायी नियुक्ति लिई हाल पञ्च मावि दिक्तेलमा कार्यरत शिक्षिका गेलालको सेवा अवधि ३९ वर्ष ५ महिना ५ दिन पुगेको र शिक्षण पेशामा व्यतित लामो कालखण्डमा उहाँ कार्यरत विद्धालयहरुको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका पुगेको कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष देबविक्रम राईले बताए।
प्रतिष्ठानका अध्यक्ष रार्ई, शिक्षक महासंघका अध्यक्ष कुमार पराजुली, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक कटुवाल, शिक्षा विकास तथा समन्वय प्रमुख सेमन्त गौतम, चम्पावती मावि बुईपाका प्रअ खगेन्द्र राई संलग्न पाँच सदस्य छनोट समितिको निर्णयले बहालवाला शिक्षक र लामो अवधि भएको शिक्षिका उहाँ नै भएपछि दीर्घ शिक्षक सेवाले सम्मान गरिएको हो।
सम्मानित शिक्षिका गेलाललाई राष्ट्रिय समिति, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंशबहादुर शाहीले दोसल्ला ओढाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology