समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो।
१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology