समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टीका तत्कालिन अध्यक्ष टंक बहादुर थापासहित तीनजनाले मात्रै पार्टी छोडेको जसपाले जनाएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै थापाको नेतृत्वमा ३९ जना जिल्ला समिति र प्रदेश समिति सदस्यले जसपा परित्यागको घोषणा गरेको थियो। तर, मंगलबार जसपाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निवर्तमान अध्यक्ष थापा, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र सचिवालय सदस्य तथा समाजवादी युवा प्रदेश उपाध्यक्ष दिपककुमार तामाङले मात्रै पार्टी छोडेको जनाएको छ।
तत्कालिन जिल्ला अध्यक्ष थापा र प्रदेस समिति सदस्य मोहन गुरुङले जारी गरेको विज्ञप्तिको लिस्टमा उल्लेखित व्यक्ति र समुहहरु साँचो नभएको जसपाका जिल्ला उपाध्यक्ष पिके खम्बुले बताए। अन्य व्यक्तिहरुले सार्वजनिक रुपमा पार्टीमै रहेको धारणा राख्नुभएको छ। उनले भने।
जसपा जिल्लामा सशक्त र संगठित नै छ। भविष्यमा अझ बढी सुदृढ भए जानेछ। पार्टीको नीति सिद्धान्त र कार्यक्रमहरुको आधारमा पार्टी पंक्ति विश्वस्त रहेको जानकारी गराउदछौ। उपाध्यक्ष खम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उपाध्यक्ष खम्बुको अध्यक्षतामा सोमबार बसेको बैठकले थापा, राई र तामाङले पार्टी छोडेको जानकारी प्रदेश र केन्द्रलाई जानकारी गराईसकेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै थापा नेतृत्वको केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समितिका अध्यक्ष टंकबहादुर थापा, उपाध्यक्ष तथा प्रदेश समिति सदस्य मनि राई, गिता श्रेष्ठ, नविन किशोर राई, बसन्ती राई, सचिव जिवराज पोखरेल, सहसचिव आशिस राई, कोषाध्यक्ष सावित्री राई, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई, जिल्ला सल्लाहकार सदस्य पंचशेर राईले जसपा त्यागेको घोषणा गरिएको थियो।
सचिवालय सदस्य तथा समाजवादी युवा प्रदेश उपाध्यक्ष दिपककुमार तामाङ, सचिवालय सदस्य, प्रवचन राई, मनोज राई, युवराज अधिकारी, बाबुराम कार्की, शुसिला निनाम, जुलन राई, ध्यान कुमार राई, तिलक मुदेल, सरोज राई(हौचुर),सचिवालय सदस्य एवंम् ऐसेलुखर्क गाउँपालिका अध्यक्ष किशोर राई, जिल्ला सदस्य सविन राई, भुपराज राई, चित्रकुमार कार्की, विनोद राई, जितकुमारी परियार, भगवती चाम्लिङ, देवान राई, कुमार श्रेष्ठ,किरण राई(समाजवादी यूवा संघ जिल्ला सदस्य), सुजन राई, जिल्ला सदस्य तथा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्ष कृष्ण राईले पनि पार्टी परित्याग गरेको जनाईएको थियो।
दिप्रुङ चुईचुम्मा गाउँपालिका समिति सदस्य सन्तोष तामाङ, खार्मी र लफ्याङ वडा समिति अध्यक्ष सहित सबै, गैर भोगोलिक विशेष समिति सदस्य गजेन्द्र राई र गैर भौगोलिक विशेष समिति सदस्य तेन्जु तामाङले पार्टी त्यागेका जनाकारी दिईएको थियो।
यो पनि पढ्नुहोस,जसपा अध्यक्ष थापासहित ३९ जनाले पार्टी परित्याग गरे
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology