समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई सात दिनभित्र काम सुचारु गर्न पत्रचार गरेको छ। नगरपालिकाको क्षेत्रभित्र विकास निर्माणका काम अलपत्र पार्ने तिन निर्माण कम्पनीलाई हप्तादिनमा काम सुचारु गर्न पत्रचार गरेकोे हो।
सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाबाट बोलपत्र आव्हान भई नगरपालिका अन्तर्गत हाँटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा–दुम्ली–आयुर्वेद भवन सडक खण्डको काम अपुरो राख्ने लगलगे कन्ट्रक्सन चाबहिल काठमाण्डौ, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्डको काम अलपत्र पार्ने रौताहा/सुसम/आदित्य जेभि उदयपुर र हस्पिटलचोक–लफ्याङ सडक खण्डको काम अलपत्र पार्ने ढुकुचु/बगाले थापा/वि.एन.टि जेभि सिन्धुपाल्चोकलाई बिहीबार नगरप्रमुख तीर्थराज भट्टराईले पत्रचार गरेका हुन्।
तिनै वटा योजनाको काम अपुरो रहेका कारण यातायात अवरुद्ध भएको, हिडडुल गर्न समेत समस्या भएको, निर्माणाधिन सडक अलपत्र रहेका कारण दुर्घट्नाको जोखिम समेत भएको भन्दै स्थानीयबासीहरुबाट व्यापक जनगुनासो आएकाले निर्माण कम्पनीलाई पत्रचार गर्नुपरेको नगरप्रमुख भट्टराईले बताए। निर्माण कम्पनीहरुलाई लेखिएको पत्रमा पूर्वाधार विकास कार्यालय उदयपुर गाईघाटलाई बोधार्थ राखिएको छ।
भट्टराईका अनुसार निर्माण कम्पनीहरुले सात दिनभित्र काम सुचारु नगरे सार्वजनिक खरिद ऐन अनुगमन कार्यालय लगायत सम्बन्धित निकायहरुमा कानून बमोजिमको कारवाहीको लागि सिफारिस गरिनेछ।
दिक्तेलबजार ढलानको ठेक्का पारेको सुर्य विकास जेभि लाहानले बजार ढलानको काम अलपत्र पारेपछि १६ जेठमा पनि नगरपालिकाले पत्रचार गरेको थियो। काम अलपत्र पारिएको दिक्तेलबजारको सडकमै २७ जेठमा नगरपालिकाले सार्वजनिक सुनुवाई समेत गरेको थियो।
नगरपालिकाकै बारम्बार ताकेता र खबरदारीपछि अहिले भने बजार ढलानको काम सुस्त गतिमा भईरहेको छ। जेभिले २ करोड ६८ लाख वजेटमा दिक्तेलबजारको सिंचाई गेटदेखि ७६४ घनमिटर ढलान र ४५३ घनमिटर ग्याभिङ वालको काम गर्नुपर्नेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology