समायोजन खबर खोटाङ, खोटाङमा कोरोना भाईरस(कोभिड–१९)को संक्रमित फेला पर्न थालेको छ। देशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा यहाँ पनि संक्रमित देखिन थालेको हो।
जिल्ला अस्पताल दिक्तेलमा हालसम्म ५८ जनाको एटिन्जेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला अस्पतालका एमडीजीपी डाक्टर नितु लामाले जानकारी दिईन्।
डाक्टर लामाका अनुसार सोमबार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना र (आज) मंगलबार १४ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई होम आइसोलेशनमा राखिएको छ।
कोरोनाको लक्षण देखिन थालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरुमा पनि कोरोना परीक्षण सुरु भएको छ। सबै स्थानीय तहको तथ्यांक भने आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology