• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन, अक्सिजनकै लागि बाहिर जानुपर्ने बाध्यता हट्यो

खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन, अक्सिजनकै लागि बाहिर जानुपर्ने बाध्यता हट्यो


समायोजन खबर
  • सोमबार, साउन २३ २०७९

  • अक्सिजन प्लान्टको उद्घाटन गरिदै।

    समायोजन खबर खोटाङ, खोटाङमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। जिल्ला अस्पताल परिसरमा स्थापना गरिएको अक्सिजन प्लान्ट नियमित रुपमा सञ्चालनमा आएको हो।

    प्रदेश सरकार, प्रदेश नं. १ स्वास्थ्य मन्त्रालयको भ्याट बाहेक ९९ लाख वजेटमा निर्माण गरिएको अक्सिजन प्लान्ट सोमबारबाट नियमित रुपमा सञ्चालनमा आएको हो। अक्सिजन प्लान्टको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईले उद्घाटन गरेका छन्।अक्सिजन प्लान्ट । तस्विर, समायोजन खबर डटकम

    अक्सिजन प्लान्टबाट दिनमा २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने बायोमेडिकल टेक्निसियन उषादेबी श्रेष्ठले जानकारी दिईन्। श्रेष्ठका अनुसार हाललाई सिलिण्डरमा अक्सिजन भरेर जिल्ला अस्पतालमा प्रयोग भईरहेको र निर्माणाधिन ५० शैयाँको अस्पलात सञ्चालनमा आएपछि पाइपलाइन हुंदै बेडमा अक्सिजन पु¥याईनेछ।

    अक्सिजन प्लान्ट नहुंदा अक्सिजन भर्न विराटनगर पुग्नुपर्ने बाध्यता थियो। अस्पतालमा अक्सिजनको अभाव भईरहेको हुन्थ्यो। जिल्ला अस्पतालका डाक्टर पुस्कल राईले भने। अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि खासगरी दमका बिरामीकै लागि भनेर अक्सिजन भर्न बाहिर जान परेन। डाक्टर राईले भने, ‘अक्सिजनका लागि आफै आत्मनिर्भर भएका छौ। काम गर्न सजिलो भएको छ।

    मुन रक्स ईन्टरनेशनल प्रालिले जडान गरेको अक्सिजन प्लान्टको ट्रस भने कच्चा बनेको भन्दै बिरोध भएको थियो। अक्सिजन प्लान्टको ट्रस कच्चा बनाइएको भन्दै गुनासो आएपछि २४ असारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, जिल्ला समन्वय समिति सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राई लगायतको टोलीले निरिक्षण गरेको थियो।
    बिरोध र निरिक्षणपछि पुनः प्रालिले ट्रसमा प्रयोग गरिएको जाली फेरेर वाल प्लास्टर गरी जस्तापाता फेरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology