• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मध्यपहाडी लोकमार्ग : ठाउँठाउँमा पहिरो,यात्रा गर्नै सकस(फोटोफिचर)

मध्यपहाडी लोकमार्ग : ठाउँठाउँमा पहिरो,यात्रा गर्नै सकस(फोटोफिचर)


समायोजन खबर
  • शनिबार, साउन २१ २०७९

  • हुर्लङ पाखा सामुदायिक वनमा खसेको पहिरो ।

    समायोजन खबर खोटाङ, ठाउँठाउँमा झरेको पहिरोले मध्यपहाडी लोकमार्गमा यात्रा गर्नै सकस भएको छ। दिक्तेल–जयरामघाट सडकखण्डको विभिन्न स्थानमा माथिबाट पहिरो झरेर सडकमा थुप्रिएपछि साना तथा ठूला सवारी साधन आवतजावतमा सकस भएको हो।

    लगातारको वर्षाले दिक्तेल–जयरामघाट सडकखण्ड अन्तर्गत हुर्लुङ, खिल्कु, बिप्लाटे, तुवाचुङडाँडा, दुर्छिम, वडहरे, च्यास्मिटार, बाहुनीडाँडामा ठूलाठूला पहिरो झरेको छ।

    पहिरो सडकमा झरेपछि सवारी साधनलाई बाटो नपुग्ने समस्या छ। कतिपय टर्निङहरुमा पहिरो खसेपछि गाडीलाई टर्निङ मोड्नै गाह्रो हुने गरेको चालकहरु बताउँछन्।

    पहिरो पन्छाएर एकतर्फी सवारी चल्ने सडक बनाईए पनि त्यो दिगो छैन। सामान्य वर्षाले पुनः पहिरो खस्ने र सडक बन्द हुने क्रम जारी छ।
    यता, हुर्लङपाखा सामुदायिक वनमा भने सडकलाई पहिरोले तलबाट तानिरहेको छ। सडकको तल्लो भाग पहिरोले तानेपछि त्यहाँ एकतर्फी मात्रै गाडी गुड्ने र रातीको समयमा जोखिम बढेको छ।

    त्यहाँ पहिरोले तलबाट सडकसँगै टेलिकमले विस्तार गरेको फाईवरको पोललाई समेत पहिरोले तानिरहेको छ। उक्त फाईवरको पोलको तार विधुतको ११ केभी लाईन पोलमा समेत टाँगिएको हुंदा विधुतको पोल ढल्ने संम्भावना बढेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology