• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेलिना राईले सञ्जीवसँगको इन्गेजमेन्ट तोडिन्

मेलिना राईले सञ्जीवसँगको इन्गेजमेन्ट तोडिन्


समायोजन खबर
  • शुक्रबार, साउन २० २०७९

  • समायोजन खबर, गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिएको बताएकी छिन्। आज शुक्रवार सामाजिक सञ्जालमार्फत गायिका राईले यो जानकारी दिएकी हुन्।

    आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेको मेलिना राईले बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । तर हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा, आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।

    यस्तै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने तर्क गरेकी छिन्। आजकै मितिदेखि आफू र प्रेमी रसाइलीबीचको इन्गेजमेन्ट तोडिएको गायिका राईले फेसबुकमा लेखेकी छिन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology