• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोले अवरुद्ध दिक्तेल–हलेसी सडकखण्ड सुचारु

पहिरोले अवरुद्ध दिक्तेल–हलेसी सडकखण्ड सुचारु


समायोजन खबर
  • सोमबार, साउन १६ २०७९

  • समायोजन खबर खोटाङ, अविरल वर्षाका कारण पहिरो गएपछि अवरुद्ध भएको दिक्तेल–हलेसी सडकखण्ड सुचारु भएको छ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङ खण्डमा सोमबार बिहानै माथिबाट खसेको पहिरो दुई घण्टा लगाएर पन्छाएपछि सडक सुचारु भएको हो। हलेसी तुवाचुङ नगरपालिकाको जेसिभी प्रयोग गरेर पहिरो हटाईएको थियो।

    पहिरोले सडक पुरेपछि दिक्तेलबाट काठमाण्डौ तथा तराईका जिल्ला छुट्ने साना/ठूला तथा दुई पाङग्रे सवारी साधन र हलेसीबाट दिक्तेल–भोजपुर जाने सवारी साधन रोकिएको थियो।

    हलेसी–जयरामघाट सडकमा पनि ठाउँ ठाउँमा पहिरो खसेको छ। यद्यपी, सवारी साधन भने आवतजावत भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology