समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले हालसम्म जिल्लाभर दुई विधालय भवन, एक प्रहरी चौकी तथा ४७५ घर चर्किएको छ। एक घर पूर्णरुपमा भत्किएको छ।
आईतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा अवस्थित थर्पुडाँडा माविको चार कोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा निमाविको चार कोठे भवन चर्किएको छ।केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवन चर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ। भुकम्पको इपिसेन्टर साकेला गाउँपालिमा भने हालसम्म ४६४ घर चर्किएको गाउँपालिकाका खरिदार सुवास राईले जानकारी दिए।
राईका अनुसार बाझेच्यानडाँडामा १३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा १०५ र भुम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घर आंशिक रुपमा चर्किएको छ। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक/एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेशी गाउँपालिकामा एक घर चर्किएको छ।
भुकम्पको सम्पूर्ण क्षतिको विवरण तीन दिनभित्र पठाउन सबै स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology