• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरो गएपछि दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध

पहिरो गएपछि दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध


समायोजन खबर
  • सोमबार, साउन १६ २०७९

  • तुवाचुङ खण्डमा गएको पहिरो । तस्विर राजकुमार भट्टराई

    समायोजन खबर खोटाङ, अविरल वर्षाका कारण पहिरो गएपछि दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङ खण्डमा सोमबार बिहानै माथिबाट पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

    पहिरोले सडक पुरेपछि दिक्तेलबाट काठमाण्डौ तथा तराईका जिल्ला छुट्ने साना/ठूला तथा दुई पाङग्रे सवारी साधन रोकिएका छन् ।


    यस्तै, हलेसीबाट दिक्तेल–भोजपुर जाने सवारी साधन पनि रोकिएको त्यहाँ रहेका पत्रकार राजकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार यो समाचार तयार पार्दासम्म सडक सुचारु गराउने प्रयास भईरहेको छैन ।

    यद्यपी, सडक खुलाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाको जेसिभी जाँदै गरेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology