• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुकम्पबाट खोटाङमा चार घर चर्कियो

भुकम्पबाट खोटाङमा चार घर चर्कियो


समायोजन खबर
  • आइतबार, साउन १५ २०७९

  • भुकम्पका कारण मात्तिमविर्तामा चर्कीएको घर ।

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट चार घर चर्किएको छ।

    आईतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पले केन्द्रविन्दु मानिएको मात्तिमविर्तामा दुई घर र हलेसी तुवाचुङ नगरपालिकाको सल्ले र महादेवस्थानमा एक/एक घर चर्किएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांईले जानकारी दिए।

    सेडांईका अनुसार हालसम्म मानवीय, पशुचौपाय क्षति भएको छैन ।

    भुकम्पको क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो।

    पानी परिरहेको तथा बाक्लो हुस्सु लागेका कारण पनि क्षतिको विवरण संकलन गर्न कठिनाई भएको जनाईएको छ।  भुकम्पका कारण सदरमुकाम दिक्तेलबजारको सरस्वती मावि, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलको पठनपाठन बन्द भएको। विधुत भने नियमित आपूर्ति भईरहेको छ।
    यो भुकम्पको पराकम्पन नभई छुट्टै भुकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्दले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology