• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रथम अन्तर संस्था पुरुष फुटबल प्रतियोगिता : नापी कार्यालय र जिल्ला फुटबल संघ भिड्ने

प्रथम अन्तर संस्था पुरुष फुटबल प्रतियोगिता : नापी कार्यालय र जिल्ला फुटबल संघ भिड्ने


समायोजन खबर
  • शनिबार, साउन १४ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङ फुटबल एकेडेमी(केएफए)ले आयोजना गरेको प्रथम अन्तर संस्था पुरुष फुटबल प्रतियोगिताको पहिलो खेल नापी कार्यालय दिक्तेल र जिल्ला फुटबल संघ खोटाङविच हुने भएको छ।

    एकेडेमीले शनिबार सचिवालय दिक्तेलमा पत्रकार सम्मेलन गर्दै १५ साउनदेखि दिक्तेलस्थित माटिकोरे खेलमैदानमा हुने प्रतियोगितामा उक्त दुई टिमको प्रतिस्पर्धा हुने जानकारी दिएको हो। यस्तै, दोश्रो खेल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र र पशु विकास कार्यालय दिक्तेल तथा तेश्रो खेल हलेसी तुवाचुङ नगरपालिका र बैंक वित्तिय संस्थाबिच हुनेछ।

    प्रतियोगितामा दिक्तेल वोर्डिङ स्कुल र निर्माण व्यवसायी संघ, युवा जागरण फुटबल क्लब र नेपाल शिक्षक संघ हलेसी तथा शिक्षक महासंघ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाविच प्रतिस्पर्धा हुने खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजुले जानकारी दिए।
    सैंजुका अनुसार खोटाङ यातायात प्रालि, साकेला गाउँपालिका, जिल्ला अस्पताल, डिभिजन बन कार्यालय, नेर्पा स्पोर्टस क्लब, खोटाङ उधोग वाणिज्य संघ, खोटाङ फुटबल एकेडेमी, तुवाचुङ मारातिका यातायात प्रालि, नेपाल आदिवासी जनजाती समन्वय परिषद र सालपा विकास बैंक वाईमा परेको छ।

    प्रतियोगितामा २२ टिमले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद ४४ हजार ४४४ रुपैयाँ, दोश्रो हुनेले २२ हजार २२२ रुपैयाँ तथा तेश्रो हुनेले ११ हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, उच्च गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट मिड फिल्ड र उत्कृष्ट गोल रक्षकलाई ट्रफी प्रदान गरिनेछ।

    प्रतियोगिताको प्रथम पुरस्कार मनोज स्मृती प्रतिष्ठान दिक्तेलले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ। केएफए पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई प्रदान गरिने पनि आयोजकले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology