समायोजन खबर खोटाङ, अनेरास्ववियु जिल्ला कमिटी खोटाङले रक्तदान कार्यक्रम गरेको छ। जिल्ला रेडक्रस सोसाईटीसँग सहकार्य गरेर शुक्रबार ब्लड बैंक दिक्तेलमा रक्तदान कार्यक्रम गरेको हो।
रक्तदान कार्यक्रममा एमालेका उप–सचिव तथा स्कुल विभाग प्रमुख दिपनारायण रिजाल, अनेरास्ववियुका जिल्ला उपाध्यक्ष यम खड्का, अनेरास्ववियुका कोषाध्यक्ष मुस्कान राईले एक/एक पिन्ट रक्तादन गरेको अनेरास्ववियुका सचिव विष्णु उपरकोटीले जानकारी दिए।
उपरकोटीका अनुसार बराहपोखरी गाउँपालिका–४ फाक्टाङका राम वुढाथोकी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका सुजन पराजुलीले पनि सोही मात्रामा रक्तदान गरेका छन्।
ब्लड बैंकलाई रगत आवश्यक परेको खण्डमा जुनसुकै बेला पनि सम्पर्क गर्न सजिलोका लागि दश जनाको ब्लड ग्रुप सहित फोन नम्बर छोडिएको छ।
रक्तदान कार्यक्रममा एमालेका पार्टी सचिव कुमार आचार्य, उप–सचिव रिजाल, एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष गोपालचन्द्र आचार्य, अनेरास्ववियु ओखलढुंगा जिल्ला इन्चार्ज ओमप्रकाश घिमिरे, जिल्ला रेडक्रसका मन्त्री छत्रकुमार वजिमय, जिल्ला अस्पतालका एमडीजीपी डाक्टर नितु लामा लगायतको उपस्थिति थियो।
ब्लड बैंकसँग १२० पिन्ट मात्रै रगत स्टोरेज गर्ने क्षमता रहेछ। खपत नहुने रगत धरान, बिराटनगर, भक्तपुर पठाइदो रहेछ। त्यसो हुनाले ब्लड बैंककै सल्लाहमा पाँच जनाले रक्तदान गरेको हो। अनेरास्ववियुका उपाध्यक्ष खड्काले भने, ‘रक्तदानका लागि दर्जनौ साथीहरु जानुभएको थियो। उहाँहरुको ब्लड ग्रुप र फोन नम्बर छोडेका छौ, ब्लड बैंकबाट फोन आए लगत्तै उहाँहरु रगत दिन उपस्थित हुनुहुन्छ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology