• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न प्रशासनको आग्रह

मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न प्रशासनको आग्रह


समायोजन खबर
  • मंगलबार, साउन १० २०७९

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ रोगको चौथो लहरको संक्रमण बढ्दै गएको भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ।

    मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकास साहले सूचना जारी गर्दै जिल्लामा कोभिड–१९ को संक्रमण फैलिन नदिन एवंम् रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थलमा अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको हो।

    विमानस्थलहरुमा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयहरुमा सेवा लिन आउँदा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवा प्रदायक कार्यालयहरुको प्रवेशद्धारमा स्यानिटाइजरको व्यवस्था मिलाउन र हवाई लगायतका सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने तथा स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ।

    यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रमहरुमा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था मिलाउन तथा विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भीडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जनस्थलहरु, स्टेडियम आदि सार्वजनिक स्थानहरुमा मास्क लगाउन प्रेरित गर्नुपर्ने जनाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology