• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ८४ प्रतिशत रोपाइँ सकियो

खोटाङमा ८४ प्रतिशत रोपाइँ सकियो


समायोजन खबर
  • सोमबार, साउन ९ २०७९

  • नेर्पामा गरिएको रोपाइँ। तस्विर, मनोज आचार्य।

    समायोजन खबर खोटाङ, खोटाङमा यसवर्ष ८४ प्रतिशत धान रोपाइँ सकिएको छ। साउनको दोश्रो हप्ता सुरु हुंदासम्म जिल्लाको दश स्थानीय तहमध्ये पाँच स्थानीय तहमा रोपाइँ सकिएको छ। पाँच स्थानीय तहमा अझै रोपाइँ भईरहेको छ।

    जिल्लाभर १२ हजार ८९८ हेक्टर जमिनमा धान खेती हुंदै आएको छ । कृषि ज्ञान केन्द्र दिक्तेलका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जेठ अन्तिमबाट सुरु भएको रोपाइँ हालसम्म १० हजार ८४३.३२ हेक्टरमा अर्थात ८४ प्रतिशत सकिएको हो।
    जिल्लाको लेकाली क्षेत्रहरुमा बेलैमा पर्याप्त वर्षा भएका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा रोपाइँ सकिएको छ।

    बेशी क्षेत्रको रावाबेशी गाउँपालिका, बराहपोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रोपाइँ भईरहेको छ। ती स्थानहरुमा आकाशे पानीको भर र सिंचाई कुलो भएकाले अहिले पनि रोपाइँ भईरहेको कृषि प्रसार अधिकृत पण्डितले बताए।
    जिल्लाका कृषकहरुले अटे मार्सी, ताईचुङग, मकवानपुरे, रन्जिता, खुमल–४, खुमल–८, खुमल–१०, भोटाङ्गे लगायतका धानको प्रजातीहरु रोप्ने गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology