• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगाका ज्येष्ठ नागरिकलाई खोटाङका ज्येष्ठ नागरिकको स्वागत

ओखलढुंगाका ज्येष्ठ नागरिकलाई खोटाङका ज्येष्ठ नागरिकको स्वागत


समायोजन खबर
  • शनिबार, साउन ७ २०७९

  • समायोजन खबर खोटाङ, ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङले ओखलढुंगाका ज्येष्ठ नागरिकहरुलाई स्वागत गरेको छ। शनिबार बिहान मझुवागढीस्थित कालिका भगवती मन्दिर दर्शन गरी दिक्तेल आईपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिकहरुलाई संघको कार्यालयमा दिउँसो कार्यक्रम गरी स्वागत गरेको हो।

    स्वागत कार्यक्रममा दुबै जिल्लाका ज्येष्ठ नागरिकहरुले आ–आफ्नो जिल्लामा गरेका कामकाजको बारेमा सुनाएका थिए । ज्येष्ठ नागरिक जीवनको अनुभव साटासाट गरेका थिए।

    कार्यक्रममा ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्यमा छुट नभएको, सरकारी कार्यालयहरुमा ज्येष्ठ नागरिकलाई बेग्लै सेवा दिने व्यवस्था नभएको, हरेक स्थानमा ज्येष्ठ नागरिकलाई नसमेटेको चर्चा गरिएको थियो।

    जीवनभर विवाह नगरेका बृद्धा र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरहरुलाई सामाजिक सुरक्षा भत्ता माग गर्दै आएको र त्यसमा अझ जनदवाव दिईदै गईने ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । घिमिरेले प्रत्येक स्थानीय तहले बिधुर भत्ताको व्यवस्था गर्नुपर्ने बताए।

    घरगाउँका भएभरका युवाहरु विदेशमा छन् । घरमा बुढाबुढी मात्रै मात्र बाँकी छन्। अध्यक्ष घिमिरले भने,‘ छोराबुहारी नाता नातिनीलाई यसलाई भोट देउ, त्यसलाई नदेउ भनियो भने हामी हराउँछौ पनि जिताउँछौ पनि। बुढाबुढी त निर्णायक शक्ति हो, हाम्रो माग पूरा नगरी हुन्छ।’

    स्वागत कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, ओखलढुंगा सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेको उपस्थिति रहेको थियो।

    ओखलढुंगाको ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत र महिला, बालबालिका तथा समाज कल्याण उप–शाखाका प्रमुख सरिता कुमारी तामाङ सहभागी थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology