समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाको चिप्रिङ खोलामा झोलुङगे पुलको शिलान्यास गरिएको छ। चिप्रिङ र ईन्द्रणीपोखरी जोड्ने चिप्रिङ खोलामा बिहीबार पुलको शिलान्यास गरिएको हो।
गाउँपालिका अध्यक्ष उदिम बहादुर राई र उपाध्यक्ष रुपेश राईले पुलको शिलान्यास गरेका हुन्। स्वीस सरकार अन्तर्गत हेल्भेटासको ४४ लाख ९८ हजार ५०० रुपैयाँ बजेटमा पुल निर्माण हुनेछ।
कुल वजेटमा २८ लाख ४३ हजार २७८ रुपैयाँको काम काम भने चिप्रिङ खोला झोलुङगे पुल वाल्डाँडा उपभोक्ता समितिले गर्नेछ। बाँकी रकमको भने हेल्भेटासले पुलको लठ्ठा खरीद गर्नेछ।
आयोजनामा उपभोक्ता समितिको २ प्रतिशत श्रमदान र गाउँपालिकाको १३ प्रतिशत लगानी हुनेछ। उपभोक्ता समितिले पुससम्म पुल निर्माणको काम सक्नुपर्ने उपाध्यक्ष राईले बताए।
यसअघि, सावाकटहरे र बड्कादियालेको सिमाना दुम्सा खोलामा १२० मिटर लामो झोलुङगे पुलको शिलान्यास गरिएको थियो । दुबै पुलको प्राविधिक सहयोग हिमाली क्लव दिक्तेलले गरिरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology