समायोजन खबर खोटाङ, खोटाङमा निर्वाचित दलित महिला वडा सदस्य मृत भेटिएका छन्। रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका निर्वाचित वडा सदस्य ३४ वर्षीया मेनुजा विश्वकर्मा घरैमा मृत भेटिएका हुन्।
बुधबार राती आफ्नै सुत्ने कोठामा बहिनीसँग सुतेकी विश्वकर्मा बिहीबार बिहानीपख झुण्डिएको अवस्थामा मृत भेटिएको लामिडाँडाका वडाध्यक्ष विरेन्द्र मगरले बताए। बहिनी उठ्दा दिदी झुण्डिएको अवस्थामा भेटिएको थियो।
विश्वकर्मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन्। उनी रावाबेंशी गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन्।
मृतकको शवलाई परीक्षण गर्न जिल्ला अस्पताल ल्याईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology