समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण विशेष प्याकेज सम्बन्धि आधारभूत क्षमता अभिबृद्धि तालिम दिएको छ।
१५ असादेखि २१ असारसम्म सञ्चालित तालिममा गाउँपालिकाका सबै स्वास्थ्यकर्मीका अलावा कृषि, भेटनरी, महिला विकास र शिक्षाको पनि सहभागिता रहेको थियो।
तालिममा बिशेषगरी ५ वर्षमूनिका बालबालिकाको दैनिक खानपान, सुनौलो हजार दिनका आमाहरुको दैनिक खानपान, नेपालीहरुको दैनिक खानपान, गर्भावस्था, सुत्केरी अवस्था, नवजात शिशु स्याहार तथा पोषण, सरसफाई र दिवा खाजाका बारेमा जानकारी दिईएको थियो ।
यस्तै, किशोरकिशोरीका लागि जुकाको औषधि, आइरन चक्की कहिले खाने, कसरी खाने, कसरी प्रयोग गर्ने, कति मात्रा, फाईदा÷बेफाईदाका बारेमा जानकारी दिईएको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताईन्।
तालिमको सहजीकरण डाक्टर किसन घिमिरे, स्वास्थ्य संयोजक ढकाल, सिनियर अहेब कमलप्रसाद फुयलले गरिरहेका छन्। गाउँपालिकाभरीका २१ जना स्वास्थ्यकर्मी तालिममा एकै पटक सहभागि हुंदा सेवा प्रवाहमा असर पुग्ने भन्दै तालिम दुई लटमा आयोजना गरिएको थियो।
पहिलो लट तालिममा ९ जना स्वास्थ्यकर्मीसहित १८ जना सहभागि थिए। बाँकी १२ जना स्वास्थ्यकर्मी र अन्य सहभागीका लागि आज(बुधबार)देखि हप्ता दिनसम्म तालिम सञ्चालन हुनेछ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले उद्घाटन गर्नुभएको पहिलो लट तालिमकोे हिजो मंगलबार गाउँपालिका अध्यक्ष राईले नै समापन गर्नुभएको थियो। तालिम समापनको अवसरमा शाखागत कर्मचारीलाई सक्रिय रुपमा खटेर काम गर्न गाउँपालिका अध्यक्ष राईले आग्रह गर्नुभयो। स्वास्थ्य जस्तो अतिनै महत्वपूर्ण विषयमा अझ संवेदनशील हुन आग्रह गर्दछु। राईले भन्नुभयो, ‘जुनसुकै शाखाहरुमा केही समस्या परेमा निर्धक्क भए भन्नुहोस सक्दो सहयोग हुनेछ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology