समायोजन खबर खोटाङ, कार्यालयबाट हुने सेवा प्रवाहलाई सहज र सरल बनाउनका लागि साकेला गाउँपालिकामा स्थानीय शासन, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि सात दिने अभिमुखिकरण तालिम भईरहेको छ।
गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले गत असार १६ गते उदघाटन गर्नुभएको तालिममा नवनिर्वाचित कार्यापालिका सदस्य, वडा अध्यक्ष, वडा सचिव र कर्मचारी सहित २५ जनाको सहभागिता छ । वडाबाट सम्पादन हुने स्थानीय पञ्जिकरणको सम्पूर्ण काममा सहजता ल्याई नागरिकहरुलाई छिटो छरितो माध्यमद्धारा अनलाईनबाट घटना दर्ता गराउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो। 
नेपाल सरकारले सन् २०२४ सम्ममा व्यक्तिगत घटना दर्तालाई अनलाईन माध्यमबाट शतप्रतिशत गराउने लक्ष्य लिएको छ। सोहि अनुरुप साकेला गाउँपालिकाले पनि २०७८ वैशाख १ गतेदेखि सबै वडामा अनलाईन प्रणाली लागू गरेको छ। यद्यपी उक्त प्रणालीलाई थप व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाहका लागि तालिम प्रदान गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङले जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले सुशासनलाई प्रवद्र्धन गर्दै जनमैत्री शासन प्रणालीमा पछि परेका वर्ग र समुदायलाई प्राथमिकता दिदै तालिममा सिकेका कुराहरुलाई प्रयोग गर्न सहभागिहरुलाई निर्देशन दिनुभएको छ।
तालिममा स्थानीय सरकार सञ्चालन, सुशासन र वित्तिय अनुशासन, वित्तिय अधिकार र क्षेत्र, संघ प्रदेश र स्थानीय तहबीच समन्वय, स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको संवेदनशिलता, वित्तिय साक्षरता र बैङ्किङ प्रणाली व्यक्तिगत घटनादर्ता, समाजिक सुरक्षा, गुनासो दर्ता र प्रकृया, न्यायीक समितिको अधिकार क्षेत्र, ऐन नियम नियमावली र कार्यविधिहरु, सेवा प्रवाह र संयन्त्रहरु लगायतको विषयमा प्रशिक्षण गराईएको थियो।
प्रमुख प्रशासकीय अधिकृत महेश राई, योजना अधिकृत सन्तोषकुमार राई, पूर्ण सरसफाई अभियानका संयोजक पेम्वा तामाङ, लेखापाल भोजराज खनाल र एमआईएस अपरेटर डिएम चाम्लिङले तालिमको सहजीकरण गरिरहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology