• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा दोहोरिए सैंजु

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा दोहोरिए सैंजु


समायोजन खबर
  • शनिबार, असार १८ २०७९

  • खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजु।

    समायोजन खबर खोटाङ, खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा नुरकाजी सैंजु दोहोरिएका छन्। एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट सैंजु सर्वसम्मत रुपमा दोहोरिएका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभा हलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनले सैंजुको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन गरेको छ।

    एकेडेमीको वरिष्ठ उपाध्यक्षमा भीम राई, उपाध्यक्षमा भिषण राई, कृष्णकुमार श्रेष्ठ, सुवास श्रेष्ठ, महासचिवमा सैलेन्द्र वजिमय, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा रोशेष श्रेष्ठ चयन भएका छन्।

    सदस्यहरुमा रसा प्रदान, सुचन राई, रोशन राई, अशोक केसी, रुपेश वजिमय र सन्तोष जोशी रहेका छन्। तीन जना सदस्यलाई भने मनोनित गरेर ल्याईने कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए।

    अध्यक्षमा दोहोरिएका सैंजु एकेडेमीको स्थापना(२०७३)कालमा पनि सर्वसम्मत रुपमा नै अध्यक्ष भएका थिए। उनलाई खेलकुदका हस्तीका रुपमा चिन्ने गरिन्छ।

    एकेडेमीको प्रथम साधारण सभा तथा अधिवेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए। कार्यक्रममा मेयर भट्टराई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने, दिक्तेलका वडाध्यक्ष नवराज राई, पत्रकार महासंघका सह–सचिव चिसाङ शेर्पा, जिल्लाका विभिन्न फुटबल क्लवका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology