• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एउटै स्टेजबाट तीन विधाको प्रतिभा खोजिने

एउटै स्टेजबाट तीन विधाको प्रतिभा खोजिने


समायोजन खबर
  • शुक्रबार, असार १७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङ कलाकार समाजले आगामी फागुनबाट एउटै स्टेजबाट तीन विधाको प्रतिभा खोजि गर्ने भएको छ। खोटाङ गायन प्रतियोगिता, खोटाङ नृत्य प्रतियोगिता र खोटाङ प्रतिभा २०७९ को खोजी गरिने भएको हो।

    शुक्रबार दिक्तेलको सगरमाथा होटलमा पत्रकार सम्मेलन गर्दै दुई नगरपालिका र आठ गाउँपालिकामा उक्त सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको जनाईएको छ। प्रत्येक पालिकामा गायन, नृत्य र खोटाङ प्रतिभाका एक/एक जना उत्कृष्ट प्रतिभा छनोट गरिने समाजका अध्यक्ष रुपकुमार राईले बताए।

    पालिकामा उत्कृष्ट छनोट भएकाहरुलाई पनि जिल्लामा ल्याएर उत्कृष्ट प्रतिभा छनोट गरिनेछ। गायनतर्फ प्रथम हुनेलाई २ लाख, दोश्रोलाई १ लाख, तेश्रोलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
    यस्तै, नृत्यमा प्रथम हुनेलाई २ लाख, दोश्रोलाई १ लाख, तेश्रोलाई ५० हजार र सान्त्वनालाई २५ हजार र खोटाङ प्रतिभा पुरस्कार एक जनालाई १ लाख पुरस्कार तोकिएको समाजका महासचिव धर्मराज पोखरेलले बताए।

    जिल्लाको प्रत्येक गाउँ, नगर र बस्तीहरुमा रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला, राष्ट्र र अन्तर्राष्ट्रिय रुपमा चिनाउन कार्यक्रम गर्न लागिएको हो। गायन, नृत्य र खोटाङ प्रतिभाले निरन्तर पाउने र कार्यक्रमबाट छनोट उत्कृष्ट कलाकारहरु बेवारिसे नबन्ने गरी समाजले सहयोग गर्ने अध्यक्ष राईको भनाई छ। पत्रकार सम्मेलनमा समाजका अध्यक्ष राई, महासचिव पोखरेल, सह–कोषाध्यक्ष कला राई, सदस्यहरु विना राई, अनिल राई, भुवन पारुहाङ, साइनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology