समायोजन खबर खोटाङ, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि निर्माणाधिन पुलको काम करीव ९० प्रतिशत सकिएको छ।
दिक्तेल गाईघाट सडक खण्ड अन्तर्गत फोक्सिङटारमा सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदिमाथि १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको हो।
जेभीले २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो। तर, पटक पटक म्याद गुजार्दै काम गरेको निर्माण कम्पनीले १० वर्षपछि मात्रै पुलको काम अन्तिम अन्तिम अवस्था पु¥र्याएको छ।
अहिलेसम्म पुलको आर्च र कोलमको काम सकिएको जेभीका ईन्जिनियर नरेश कुमार गुप्ताले दावी गरे। पुलको काम ९० प्रतिशि सकियो अब पुलको स्ल्याप ढलान मात्रै बाँकी छ। त्यो काम महिना दिनपछि गरिनेछ। स्काफ फोल्डिङ, फर्मा र डण्डी राख्ने कामलाई महिना दिन लाग्छ। गुप्ताले भने अनि स्ल्याप ढलान हुन्छ। 
जेभीका सञ्चालक रामकुमार थापाले असारको १५/१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने बताएका थिए। साइडको वस्तुस्थिति नबुझि बोल्ने गरेका थापाले साउन १५ गतेदेखि गाडी गुडाउने आश्वसन समेत दिएका थिए। पुलको कामका बारेमा बुझ्न फोन गर्दा थापा फोन उठाउँदैनन्।
निर्माण कम्पनीले पुल निर्माण नगर्दा वर्षेनी लाखौ खर्चेर निर्माणाधिन पुल नजिकै अस्थाई बेलिब्रिज लगाईदै आएको छ। सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते जडान गरिएको बेलिब्रिज गएको जेठ ८ गते खोलेको थियो। बेलिब्रिज निकालेसँगै दिक्तेलबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात बन्द हुन्छ। बेलिब्रिज निकालेपछि छ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ।
नदीको अफ्ठ्यारो कामहरु सकेको अवस्था हेर्दा अब आउने हिउँदमा बेलिब्रिज राख्नु नपर्नेे दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology