• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सामान्य वर्षाले भाँसियो चार करोड बढीको सपीङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क

सामान्य वर्षाले भाँसियो चार करोड बढीको सपीङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क


समायोजन खबर
  • सोमबार, असार १३ २०७९

  • तलबाट वाल भासिएपछि चर्किएको चिल्ड्रेन पार्कको संरचना।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेलबजारस्थित रत्नपार्कमा निर्माण भएको सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क’ भाँसिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारी बजेटमा निर्माण भएको ‘सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क’को पछाडी भागको सपोर्ट पर्खाल चिराचिरा परेपछि अधिकांश जमिन भाँसिएको हो।पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्सुबी जेभीले सपीङ कम्प्लेक्स र चिल्ड्रेन पार्क निर्माण गरेको हो। १ वर्षमा काम सक्नेगरी २०७८ बैशाख २६ गते सम्झौता गरेको जेभीले माघमै काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरेको थियो। फागुन ३ गते तत्कालिन मेयर दिपनारायण रिजालले उद्घाटन गरेको चार महिनामै सपोर्ट पर्खाल दबिएर चिराचिरा हुंदै स्वीमिङ पुल र अन्य संरचना भाँसिएका हुन्।

    सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क भाँसिएपछि आईतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राईले स्थानीयसहित अनुगमन गर्नुभएको छ। संरचना गुणस्तरहीन निर्माण हुंदा सामान्य वर्षाका कारण नै चिराचिरा परेर पर्खाल पल्टने अवस्था रहेको उपमेयर राईले बताउनुभयो।
    गैरजिम्मेवार ढंगले लापारवाहीपूर्वक निर्माण कार्य हुंदा नगरपालिकालाई मर्माहत बनाएको छ । अनुगमन समिति संयोजक एवंम् उपमेयर राईले भन्नुभयो,‘यो खालको अरु कामहरु हुन नदिनका लागि बुद्धिजीवी, नागरिक समाज, प्रशासन र अख्तियारसम्मको समन्वयमा कानुनी बाटो खोजेर तुरुन्तै कारवाहीको प्रक्रिया अघि बढाउँछौ।’
    प्राविधिकले चेकजाँच गरेपछि कमजोर भएको प्रमाणित भएमा क्षेत्राधिकारभित्र रहेर निर्माण कम्पनीलाई कानुनी कारवाहीको प्रक्रिया अघि बढाईने मेयर भट्टराईले बताउनुभयो। सपोर्ट पर्खाल चिराचिरा हुंदै स्वीमिङ पुल र अन्य संरचना भाँसिएपछि स्थानीयहरु त्रसित भएका छन्। स्थानीयका अनुसार निर्माण सम्पन्न हुनु अगावै सपोर्ट पर्खाल चिराचिरा परेको र त्यो बेला पलास्टर गरेर छोपिएको थियो।
    सपोर्ट पर्खालमूनि रहेको बाटोमा हिडडुल गर्न नै जोखिम भएको स्थानीय मेनुका थापाले बताईन्। सपीङ कम्प्लेक्सका लागि बनाईएको भवनको पहिलो तलामा १४ वटा सटरमध्ये अहिले केही भाडामा सञ्चालन भईरहेको छ। माथिल्लो तलामा (६ वटा सटर बराबरको) एकवटा रेष्टुरेन्ट हल र स्टलका लागि ५ वटा कोठा रहेको छ। माथिल्लो तलाको पछाडी खुल्ला जमिनमा चिल्ड्रेन पार्क निर्माण गरिएको छ।

    बालबालिकाका लागि विधुतीय पीङ, सामान्य पीङ, घोडा सवार, कोलम्बस, पौडी पोखरी लगायतका मनोरञ्जन गर्ने संरचना भएको चिल्ड्रेन पार्क अझै सञ्चालन भएको छैन। अधिकांश भौतिक संरचनाहरु लथालिङग बनेको छ।
    तत्कालिन नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक विणादेबी राईले अनुगमन गरेको संरचना चार महिनामै जीर्ण बनेपछि आलोचना सुरु भएको छ। अब निवर्तमान मेयर रिजाल, उपमेयर राई, प्राविधिक, निर्माण कम्पनीलाई नै जीर्ण स्थानमा बोलाएर सार्वजनिक सुनुवाई गर्ने तयारी भईरहेको मेयर भट्टराईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology