समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ करोड ४५ लाख ५५ हजार बराबरको बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
बिहीबार सम्पन्न एघारौँ गाँउसभामा गाउँपालिका उपाध्यक्ष राजेश राजभण्डारीले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्नु भएको हो।
आर्थिक वर्ष २०७९/०८० का लागि गाँउपालिकालाई संघीय सरकार वितिय हस्तान्तरणबाट ३२ करोड ४९ लाख, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट १ करोड८५ लाख ४ हजार, राजश्व तर्फ ८ करोड १२लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
आर्थिक वर्ष ०७९/०८०को नीति तथा कार्यक्रममा पशु तथा कृषि,उद्योग तथा व्यापार,स्वास्थ्य,शिक्षा,भौतिक पूर्वाधार, ,युवा खेलकुद ,सूचना प्रविधि, महिला बालबालिका अपांगता जेष्ठ नागरिक तथा सामाजिक विकास ,बितिय संघ संस्था तथा सहकारी, वन वातावरण तथा विपद् व्यवस्थापन,पर्यटन,धर्म संस्कृति र न्याय लगायतका कुरा नीति तथा कार्यक्रममा समेटिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology