समायोजन खबर खोटाङ,खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६० करोड ६९ लाख ३९ हजार वजेट प्रस्तुत गरेको छ। बिहीबार भएको दोश्रो गाउँसभाको पहिलो अधिवेशनमा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरले वजेट प्रस्तुत गरेकी हुन्।
उनका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ३७ लाख, राजस्व बाडफाँटबाट ८ करोड ६२ लाख १९ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५५ लाख २८ हजार, राजस्व बाँडफाट (सवारीकर) ३९ लाख १३ हजार र विभिन्न स्थानीय कर र शूल्कबाट आन्तरिक आय ३० लाख र प्रशासनिक सुधारबाट २ करोड ५० लाख गरी २२ करोड ७३ लाख ६० हजार गाउँपालिकाको अनुमानित आय प्रक्षेपण गरिएको छ।
अनुमानित आय प्रक्षेपण गरिएको वजेटलाई पुजीगत खर्चमा १५ करोड ४९ लाख ४ हजार र चालु खर्चका लागि ७ करोड २४ लाख ५० हजार छुट्याईएको छ।
संघीय सरकारबाट सशर्त अनुदान २४ करोड ५५ लाख, विशेष अनुदान १ करोड ३० लाख, समपुरक अनुदान १ करोड ७० लाख र प्रदेशबाट सशर्त अनुदान ४० लाख ८५ हजार र समपुरक अनुदान १ करोड प्राप्त भएको छ।
वडातर्फ याम्खालाई ६० लाख ५७ हजार, डाँडागाउँलाई ६१ लाख ३८ हजार, छोरम्बुलाई ५१ लाख २१ हजार, बतासेलाई ७७ लाख ४८ हजार, सप्तेश्वार छितापोखरीलाई ५६ लाख, छितापोखरीलाई ५५ लाख २५ हजार र टेम्मालाई ७८ लाख १५ हजार अनुमानित वजेट विनियोजन गरिएको छ।
साउन १ गतेबाट लागू हुनेगरी वालविकास केन्द्रका सहयोगीहरुको ३ हजार, लेखा तथा सहयोगी कर्मचारीहरुको १ हजार ५ सय तलब भत्ता बृद्धि गरिएको छ । अनुदानका कार्यरत शिक्षकलाई प्रोत्साहन भत्ता मासिक ३ हजार तथा संघ र गाउँपालिका अनुदानमा कार्यरत पोशाक भत्ता उपलब्ध नभएका शिक्षकलाई वार्षिक पोशाक भत्ता ५ हजार हुनेगरी वजेट विनियोजन गरिएको उपाध्यक्ष मगरले बताईन्। गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष मगरले वजेट प्रस्तुत गरेकी हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology